अन्तराष्ट्रिय

इरानी जनरल सुलेमानीको चिहाननजिकै दुईवटा विस्फोट हुँदा ७३ जनाको मृत्यु

इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा कम्तीमा ७३ जना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

Patanjali Nepal
SweetMart Nepal

इरानको राष्ट्रिय प्रसारकले अन्य १७० भन्दा धेरै जना घाइते भएको जनाएको छ। सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अलजमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो।

केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती विस्फोटहरू बमका कारण भएको जनाएका छन्।अनलाइनमा साझा गरिएका भिडिओहरूमा भुईँमा कैयौँ शवहरू छरिएका देखिन्छन्।

सुलेमानी कसरी मारिएका थिए ?

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा बुधवार सयौँ मानिसहरू उक्त चिहानतर्फ गइरहेका थिए।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो। रिभोलुशनरी गार्ड्सको विदेशमा कारबाही गर्ने शाखा क्विड फोर्सका कमाण्डरको रूपमा उनी उक्त क्षेत्रभरि इरानी नीति लागु गर्ने एक प्रमुख व्यक्ति थिए।

उनी क्विड फोर्सका गोप्य अभियानहरू चलाउने र उसका सहयोगी सरकार तथा हमास र हिजबुल्लाहलगायत सशस्त्र समूहहरूलाई सहयोग गर्ने कार्यमा क्रियाशील रहेको बताइन्थ्यो।

उनले ती समूहहरूलाई रकम, अस्त्र, गोप्य जानकारी र अन्य खाले सहयोग गर्ने गर्थे। सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारी भनेका थिए। बीबीसीबाट

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button