No Image Headlineअर्थमुख्य खबरविशेष

विष्णुप्रसाद काफ्ले : स्वदेशी उत्पादन प्रवद्र्धन र ग्राहकमैत्री उद्यमका अभियन्ता

अभियान डिजिटल वल्र्ड प्रालिमार्फत विद्युतीय सामाग्रीको उत्पादन र बितरणमा लागि परेका उद्यमी विष्णुप्रसाद काफ्ले स्वदेशकै स्रोत, साधन र जनशक्तिको उपयोगमार्फत उद्यमशीलताको अनुसरणीय काम गरिरहेका छन् ।

Patanjali Nepal
SweetMart Nepal

स्वदेशी बजारमा बाहिरका ब्राण्डले महँगोमा सामान बेचिरहेको देखेर पीडा बोध गरेका काफ्लेले विद्युतीय सामानको स्वदेशमै एसेम्बल गरी ग्राहकलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले अहिले ‘अभियान’ ब्राण्डमै टेलिभिजन, वासिङ मेसिन र कुलर बजारमा ल्याएका छन् । अहिले टेलिभिजनको बजारीकरणमा बढी केन्द्रित अभियानले न्यून आय भएका ग्राहकलाई लक्षित गरी किस्ताबन्दी योजनासमेत ल्याएको छ ।

ग्राहकमैत्री बजारीकरण नीति

बाहिरबाट आएका ब्राण्डले उत्पादनको ब्राण्डिङमा पर्याप्त खर्च गरेका छन् । तर, अभियानको बजारीकरणको तरिका फरक छ । यसले विज्ञापनमा हुने खर्च कटाएर त्यसको लाभ ग्राहकलाई दिने रणनीति लिएको छ ।
आफ्नै शोरुममार्फत वा सिधैं ग्राहकसम्म पुगेर उत्पादन बेच्ने रणनीति लिएको अभियान डिजिटल वल्र्डका अध्यक्षसमेत रहेका काफ्लेले बताए ।

‘विज्ञापन र तहगत बितरक बिक्रेतालाई दिइने खर्च हामीले ग्राहकलाई नै छुट र अन्य ‘स्किम’का माध्यमबाट दिइरहेका छौं । यसले ग्राहक लाभान्वित भइरहेका छन्,’ उनले भने । विगत २५ वर्षदेखि उत्पादनमा सक्रिय काफ्लेले विद्युतीय सामग्रीको व्यापार र उत्पादनका क्षेत्रका अनुभवीहरूसँगको सहकार्यमा यो अभियान चलाएका हुन् ।

‘हामीले यसमा क्षेत्रगत अनुभव भएका साथीहरु एक ठाउँमा आएर काम गरिरहेका छौं । सबैले आआफ्नो दक्षताअनुसार कामको जिम्मेवारी बाँडेका छौं,’ उनले भने । विद्युतीय सामग्रीका पार्टपूर्जा स्वदेशमै ल्याएर एसेम्बल गर्दा सस्तोमा उत्पादन हुने र त्यसको लाभ ग्राहकसम्म पु¥याउन सकिने भएपछि अभियानले एसेम्बललाई अघि बढाएको हो ।

निकट भविष्यमा १ टन क्षमताको एअरकन्डिसन उत्पादन गर्ने र यसलाई बजारको तुलनामा सस्तोमा ग्राहकको घरघरमा पुर्‍ याउने योजना उनले सुनाए । विद्यालयमा अध्ययन अध्यापनका लागि प्रयोग हुने स्मार्ट बोर्ड उत्पादनको योजनामा अभियान लागिपरेको छ ।

बेग्लै आयाम टीएमसी

स्थानीय किसान र कृषिकर्मसँग लगाव राख्ने काफ्लेले जडिबुटीमा आधारित साबुन, ग्लिसिरिन, हेअर आयल, ह्याण्डवास, डिसवास, सरफ, दन्तमञ्जन, क्रिम, टायल, मार्बल र बाथरुम क्लिनरलगायतका दर्जन बढी उत्पादन पनि बजारमा ल्याएका छन् ।

अहिले काठमाडौं र चितवनको बजारमा उत्पादन पु¥याइएको र ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको उनले बताए । अन्य बजारमा विस्तारको क्रम जारी रहेको जानकारी पनि दिए ।
यी उत्पादनहरु टोलमार्ट कम्पनीबाट ‘टीएमसी’ ब्राण्डमा बजारमा उपलब्ध छन् । ‘टोलटोलमै उत्पादन पु¥याउने अवधारणाबाट उत्पादनको बजारीकरण गरिरहेका छौं,’ काफ्लेले भने ।

टीएमसीले आफ्ना उत्पादनमा अधिकाशंतः स्थानीय उत्पादनमा आधारित कच्चा पदार्थको प्रयोग गर्दै आएको छ । ‘यहीँका किसानले उत्पादन गरेको र स्थानीय स्तरमा पाइने जडिबुटीको प्रयोग गरी उत्पादन भइरहेको छ,’ उनले भने ।
अपेक्षा सरकारी संरक्षणको
सरकारले संरक्षणको नीति लिने हो भने स्थानीय उद्योगले किसान र कृषिलाई उद्यमसँग जोड्नुको साथै उपभोक्तालाई सस्तो मूल्यमा उत्पादन आपूर्ति गर्न सक्ने दाबी काफ्लेको छ ।

नेपाल जनसंख्याको हिसाबले सानो बजार भए पनि खपतका दृष्टिले ठूलो सम्भावना भएको उनको अनुभव छ । विश्व बजारले नेपालको बजारलाई प्राथमिकतामा राखेको बेला राज्यको नीति सही हुने हो भने स्वदेशी उद्योग फस्टाउन सक्ने उनले बताए ।

‘हाम्रा उत्पादन भारत र चीनजस्ता ठूला देशमा लैजान सक्छौं । जापान, मलेसियाजस्ता देशमा हाम्रो साबुन रुचाइएको छ । तर, यसका लागि सरकारले स्वदेशका उद्योगलाई संरक्षणको नीति लिनु पर्दछ । किसान र किसानको कर्मसँग जोडिएका उद्यमलाई प्रोत्साहनको नीति सरकारले लिनु पर्दछ,’ अध्यक्ष काफ्लेको आग्रह छ, ‘नेपालबाट कैयौं जडिबुटी कौडीको भाउमा बाहिर गएर तयारी बस्तुको रुपमा महँगो मूल्यमा फेरि हाम्रै बजारमा आएको छ । सरकारले स्वदेशका उद्योगलाई जोगाउन चासो नदेखाएपछि बाहिरकाले फाईदा उठाएका छन् । यो अवसरको उपयोग हामीले गर्न सक्छौं ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button