No Image Headlineदेशमुख्य खबर

‘नाति राजा’को चर्चाले ल्याएको तरङ्ग : राजसंस्था फर्काउन दलहरु तयार भएका हुन् ?

नागरिक अभिनन्दन लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्।

Patanjali Nepal
SweetMart Nepal

यसबीचमा उनले विभिन्न मन्दिरहरूको दर्शन गरिरहेका छन् । पूर्वराजाका गतिबिधिलाई लिएर राजनीतिक दहर सशंकित छन् । ज्ञानेन्द्र शाह उपत्यकाबाट बाहिरिएसँगै दलका नेताहरुको शंकाको पारो चढ्न थाल्छ ।

पछिल्ला दिनहरूमा सत्ताधारी दलकै प्रमुख नेताहरूले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताउने गरेका छन्। हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति बेला बखत प्रदर्शन हुने गरेका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ।

कांग्रेसका एक नेताले त चैतसम्ममा संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका छन्।शासन सत्ता सम्हालिरहेका सबैजसो दलहरू गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताप्रति प्रतिबद्ध देखिन्छन्।

त्यसैले राजसंस्था पुनर्स्थापनाको सम्भावना देख्नेहरू निकै कम छन्। राजा छँदा ज्ञानेन्द्र शाहको निरङ्कुश कदम र त्यसले दिएको अलोकप्रियताका साथै छोरा पारसको छविका कारण पुनर्स्थापनाको सम्भावना झनै नभएको तर्क पनि गरेको सुनिन्छ।

कतिपयले २०६३ सालमा आन्दोलन सफल भएपछि बेबी किङ को चर्चा गर्थे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि त्यो सम्भावना औँल्याएका थिए।

त्यस बेला शाहले त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताउने गरिन्छ। नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका भनाइमा पूर्वराजा शाह नातिलाई राजा बनाउन तयार छन्।

शाहका छोरा पारस भने राजा बन्ने अवसर आउँदा पनि बन्न नचाहने उनले बताए। विकल्पबारे पूर्वराजाको तर्फबाट दलहरूसमक्ष प्रस्ताव पनि गइसकेकोबारे संयोजक बस्याललाई कुनै जानकारी छ ?

उनले त्यसबारे दलहरू तयार भएको खण्डमा गोलमेच सम्मेलन वा त्यस्ता कुनै बैठकहरूले निधो गर्ने विषय बन्ने बताए। राजसंस्थाका कतिपय पक्षपातीहरूले यसअघि पनि हृदयेन्द्र शाहलाई राजाको रूपमा अघि सार्न सकिने बताउने गरेको पाइन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button