No Image Headlineदेश

मदन पुरस्कार विजेता पूर्व डीआईजी शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डीआईजी महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

Patanjali Nepal
SweetMart Nepal

उनलाई विशेष अदालतले बुधवार दोषी ठहर गरेको हो । पूर्वडीआईजी शाहसहित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, भरतपुर, चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक सई दीपेन्द्रप्रसाद पनेरूलाई पनि दोषी ठहर गरेको हो ।

यससँगै उनीहरूलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । आरोप लागेका प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको बुधवारको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भए पनि उनीहरूको हकमा सजाय निर्धाणरण गर्न भने बाँकी रहेको उच्च अदालत स्रोतले जनाएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखकसमेत हुन् । कथासंग्रह छापामारको छोरोका लागि उनले २०६३ सालमा मदन पुरस्कार पाएका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button