खेल संसार

फुलह्याममाथि बोर्नमाउथको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले फुलहमलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फुलह्यामलाई ३–० गोल अन्तरले हराउँदै बोर्नमाउथले जित निकालेको हो ।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक–एक गोल गरेका थिए ।

यो बोर्नमाउथको यस सिजनमा सातौँ जित हो । यो जितपछि बोर्नमाउथ १८ खेलबाट २५ अंक जोडेर तालिकाको १०औँ स्थानमा उक्लिएको छ ।

पराजित भएको फुलहम १९ खेलबाट २१ अंकसहित १३औँ स्थानमा छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button