
वीरगञ्जमा सात दिवसीय संगीतमय भागवत कथा एवम् ज्ञान यज्ञ हुने भएको छ ।



वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मी प्याराडाइज पार्टी प्यालेसमा यही पुस १४ गतेदेखि २० गतेसम्म सो यज्ञ हुने भएको हो ।



दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म कथा वाचन हुने आयोजकले जानकारी दिएको छ । कथा वाचन नितू तिवारी (श्री जी) बाट हुनेछ ।



पुस १४ गते शनिबार बिहान ९ बजे पार्टी प्यालेस पसिरबाट कलशयात्रा निकालिने भएको छ । पुस १५ देखि ४ जनवरीसम्म ५ दिने माइन्ड रिप्रोग्रामिङ एण्ड लाइफ मेनेजमेन्ट सेसन पनि हुने बताइएको छ ।