पछिल्लो ४ महीनामा विदेशमा अध्ययन गर्न जाने नेपालीबाट करीब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को साउनदेखि कात्तिकसम्म नेपालबाट शिक्षाका नाममा ३८ अर्ब ४४ करोड रुपैयाँ बाहिरिएको छ ।
यो रकम गत वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो । गत आवको पहिलो ४ महीनामा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले २२ अर्ब ६८ करोड रुपैयाँ लगेका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो ४ महीनामा ३३ हजार ८६५ विद्यार्थीले बाहिरी मुलुकमा उच्च शिक्षा अध्ययनका लागि नो अबजेक्सन लेटर (एनओसी) लिएका छन् ।