No Image Headlineअन्तराष्ट्रिय

युक्रेनलाई दिन लागिएको ५५ अर्ब डलरको युरोपेली सहायताविरुद्ध हङ्गेरीको भिटो

युरोपेली सङ्घ ईयूले युक्रेनलाई दिन लागेको ५५ अर्ब अमेरिकी डलरको सहायतालाई हङ्गेरीले भिटो अर्थात् विशेषाधिकार प्रयोग गर्दै रोकेको छ।

Patanjali Nepal
SweetMart Nepal

ईयूमा युक्रेनको सदस्यता सम्बन्धी छलफल सुरु गर्ने सहमति गरिएको केही घण्टामा हङ्गेरीले उक्त कदम चालेको हो।

रातभरको सार, युक्रेनलाई दिने अतिरिक्त रकममा भिटो, ब्रसल्समा बिहीवारका वार्तापछि हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले भने। ईयू नेताहरूले सहायतासम्बन्धी वार्ता अर्को वर्षको सुरुमा पुनः हुने बताएका छन्।

रुसी फौजहरूसँग लडिरहेको युक्रेन ईयू र अमेरिकाको आर्थिक सहायतामा अहम रूपमा निर्भर छ। ईयू नेताहरूले युक्रेन र मोल्दोभासँग सदस्यता सम्बन्धी वार्ता खुला गर्ने र जोर्जियालाई उम्मेदवारीको हैसियत दिने निर्णय गरेको केही बेरमै ओर्बानले सहायता रोक्ने उक्त घोषणा गरेका थिए।

हङ्गेरीले रुससँग निकट सम्बन्ध कायम राखेको छ। उसले लामो समयदेखि युक्रेनको सदस्यताबारे विरोध जनाए तापनि त्यसलाई लिएर भिटो प्रयोग गरेको थिएन।

ओर्बान केहीबेरका लागि वार्ता कक्षबाट निस्किएका थिए जसलाई अधिकारीहरूले पूर्वसहमति र रचनात्मक शैली अनुसार गरिएको बताउँछन्। जतिखेर २६ अन्य नेताहरूले मतदान गरे।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button