अर्थखबर फटाफट

यूटीएल सहित तीन सेवाप्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले तीन सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ । एक सूचना गर्दै प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड यूटीएलसहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

Patanjali Nepal
SweetMart Nepal

यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते र चितवन नेटवर्क प्रालिले २०७५ साल मंसिर १२ गते ईमेलसहितको इन्टरनेट सेवाको अनुमति पत्र पाएका थिए ।

अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयावधिभित्र नवीकरण बापतको दस्तुर दाखिला गरी निवेदन पेस नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ ९५० अनुसार यी सेवाप्रदायकको अनमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।

साथै खारेज भएका यी संस्थाले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले सूचित गराएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button