अर्थ
नेप्सेमा उछाल, किन लाग्यो एकै दिन तीनपटक सकारात्मक सर्किट ब्रेक ?
सेयर बजारमा आज उछाल आएको छ । चालु साताको पहिलो कारोबार दिन आज नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको छ ।
आज बजार खुलेदेखि नै नेप्से लगातार बढ्न थालेका थियो भने डेढ घण्टा नबित्दै ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो।
नेप्सेमा आज तीनपटक सकारात्मक सर्किट ब्रेक भएको थियो । यस दिन जम्मा ९ मिनेट मात्रै शेयर कारोबार भएको छ।
नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र ६ प्रतिशतले बढे दिनभरका लागि कारोबार बन्द हुन्छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको हो। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक १११ दशमलव २ अंकले बढेको हो। राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।