खेल संसार

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले । यो ललितपुरको लगातार तेस्रो बराबरी हो ।

आजको बराबरीसँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो ।

वीरगन्जका लागि विलियम ओपोकु र कृपाकान्त चौधरी तथा ललितपुरका इमोन इकेजे र निखिलले गोल गरे ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button