कला/साहित्य

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त

Patanjali Nepal
Sweet Mart Food

कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको झगडा अब भने समाप्त भएको छ । नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन् । यी दुई आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेका हुन् ।

दुबैका फ्यानहरूका लागि यो निकै खुसीको खबर हो । गएको ६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो । दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए । तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो ।

नेटफ्लिक्सले यो खबरलाई औपचारिक रुपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिएका छन् । फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन् । कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् ।

त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button