अन्तराष्ट्रिय

तान्जानियामा बाढी पहिरो, कम्तीमा ४७ जनाको मृत्यु

उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको थियो ।

Patanjali Nepal
SweetMart Nepal

बाढीपहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको र ८५ जना घाइते भएको उत्तरी  तान्जानियाको मन्यारा क्षेत्रकी क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।

उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख गर्दै यस क्षेत्रका धेरै सडक हिलो, पानी र रूख र ढुङ्गाले अवरुद्ध भएको समेत बताएकी छिन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन अहिले राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि दुबईमा रहेकी छिन् । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्, ‘बाढीपहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न आदेश दिन्छु ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button