उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी , सन्देश शर्मा , गोविन्द चौधरी र सागर राईलाई थुनामै राख्ने आदेश दिएको हो ।
तर, पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच न्यायाधीशबीच मत बाझिएको छ ।
उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाडलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।
अब तेस्रो न्यायाधीश समक्ष खाणको मुद्दा पेस गरिने उच्च अदालत पाटनले जनाएको छ । सोही मुद्दामा खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई भने धरौटीमा छोड्ने आदेश गरिएको छ ।
कोको छुटै धरौटीमा ?
उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ । इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै अदालतले हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख, रामशरण केसीसँग १५ लाख धरौटी माग गरेको छ । लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ ।
कोसँग कति धरौटी मागियो ?