No Image Headlineअर्थ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, केमा कति घट्यो ?

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।



इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।



आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले ग्यासको भाउ यथावत राखेको छ। एलपी ग्यासको मूल्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको छ ।


