अपराजित रहँदै लिभरक्युजन बुन्डेस लिगाको शीर्ष स्थानमा
बायर लिभरक्युजन बुन्डेस लिगामा अपराजित रहँदै शीर्ष स्थानमा उक्लेको छ । शनिबार भएको खेलमा वेर्डर ब्रेमनलाई ३–० को सहज जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लेको हो ।
लिभरक्युसनले खेलको १२ खेलमा ११ खेलमा शतप्रतिशत जित निकाल्दा एक खेलमा बराबरीमा रोकिएको छ । उसको यो बुन्डेस लिगामा किर्तिमानी सुरुवात हो । सन् २०१५–१६ को सिजनमा बार्यन म्युनिखले उक्त उपलब्धि हासिल गरेको थियो ।
शनिबार भएको खेलमा लिभरक्युसनले एक गोल उपहार स्वरुप पाएको थियो भने जेरेमी फ्रिमपोङ एलेक्स ग्रिमाल्डोले टोलीका लागि एक एक गोल गरेका थिए ।
खेलको ९ औं मिनेटमा वेर्डरका ओलिभर डिमनको आत्मघाती गोलमा लिभर क्युसनले अग्रता लिएको थियो । खेलको ४२ औं मिनेटमा जेरिमी फ्रिमपोङले अग्रतालाई दोब्बर बनाए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको लिभरक्युसनले दोस्रो हाफमा थप एक गोल गर्दै सहज सिजत निकाल्न सफल भयो । खेलको ७६ औं मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गरे ।
जितसँगै १२ खेलबाट ३४ अंकका साथ लिभरक्युसन शीर्ष स्थानमा उक्लेको छ । उलाई पछ्याउने क्रममा बार्यन म्युनिक ३४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । बार्यन पनि जारी सिजनमा अपराजित नै रहेको छ । उसले १२ खेलमा १० खेलमा जित र दुई खेल बराबरी खेलेको छ ।
शनिबार नै भएका अन्य खेलमा बार्यनले कोल्नमाथि १–०, वुल्भस्वर्गले आरबी लिपजिकलाई २–१, स्र्टगार्डले इन्ट्राक्ट फार्कफर्टलाई २–१ तथा डर्टमन्डले मोन्चेग्लाडबाचलाई ४–२ गोलले पराजित गरेका छन् । त्यस्तै शनिबार नै भएका खेलमा एससी फ्रिइवर्ग र ड्राम्सटाड तथा युनियन बर्लिन र अग्सवर्गले एक एक गोलको बराबरी खेलेका छन् ।