No Image Headlineखबर फटाफटदेश

पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश, भन्छन्–उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिए

पर्सा क्षेत्र नं. ३ का पूर्वसांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्सा ३ को पोखरियामै पुगेर रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) मा रहेका रौनियार लामो समयदेखि सो पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए । रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयौँ नेता तथा कार्यकर्ताहरूले पनि एमाले प्रवेश गरेका छन् ।

ओलीले रौनियारलाई फुलमाला र टीका लगाएर पार्टीमा भित्र्याएका हुन् । रौनियारलाई पार्टीमा प्रवेश गराउँदै ओली मधेस विकासको स्पष्ट एजेण्डा एमालेसँगमात्रै रहेको दाबी गरे । आफू प्रधानमन्त्री हुँदा मधेस र पर्साका विकासका लागि थुप्रै काम गरेको भन्दै ओलीले आउँदो चुनावमा मधेसलगायत देशैभरि एमालेको पक्षमा जनलहर आउने दाबी गरे ।

रौनियारले जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेका आरोप लगाए । जसपामा मधेस र मधेसी जनताको हक अधिकारभन्दा पनि सत्ताको लोभमा बढी देखिएको कारण आफूले जसपा त्यागेर एमाले प्रवेश गरेको बताए ।

उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेका कारण पनि आफू एमाले प्रवेश गरेको बताए । एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्माको सभापतित्वमा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव योगेश भट्टराई, नेता रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला साह, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू अरविन्द सिंह, राजकुमार गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button