ओली सहभागी हुने पार्टी प्रवेश कार्यक्रम ‘भव्य बनाउन’ पोखरियामा छलफल

मंसिर ५ गते पर्साको पोखरियामा हुने नेकपा एमालेको पार्टी प्रवेशलाई लिएर स्थानीय नेताहरु तयारीमा जुटेका छन् ।
सो दिन पार्टीमा प्रवेश गर्न लागेका पूर्वसांसद हरिनारायण रौनियारले आफ्नो फेसबुक पेजमार्फत यो जानकारी दिएका हुने । एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको तयारी तीव्र भएको उनले बताएका छन् । कार्यक्रमलाई भव्य बनाउन आवश्यक सबै तयारी भइरहेको एमाले पर्साले बताएको छ ।


कार्यक्रमको व्यवस्थापनका बारेमा पोखरियामा बैठक भएको र सो बैठकमा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरियाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, क्षेत्र नं ३ का एमाले अध्यक्ष राजेश्वरप्रसाद रौनियार, नगर अध्यक्ष बिंध्याचल ठाकुर, बिनोद गिरी, पोखरिया नगर सचिव संतोष गिरी, भगवान कुर्मी, जिल्ला सदस्य दिपक ठाकुर लगायतको उपस्थिति रहेको रौनियारले उल्लेख गरेका छन् ।