अन्तराष्ट्रिय

यमनमा इरान समर्थित विद्रोहीले खसाले अमेरिकी सैनिक ड्रोन

यमनका हूथी विद्रोहीहरूले एउटा अमेरिकी सैनिक ड्रोन खसालिदिएको इरान समर्थक हूथी आन्दोलन र अमेरिकी अधिकारीहरूले बताएका छन्। हूथी फौजले यमनको तटीय क्षेत्रनजिक एमक्यू९ ड्रोन खसालेको एक अमेरिकी अधिकारीले बताए।

Patanjali Nepal
SweetMart Nepal

हूथी सेनाका एकजना प्रवक्ताले पनि त्यसको पुष्टि गरेका छन्। अमेरिकी साझेदार इजरेल गाजा स्ट्रिपमा हमाससँग युद्धरत रहेका बेला मध्यपूर्वमा इरान समर्थित समूहहरूको गतिविधिबारे वाशिङ्गटन सजग अवस्थामा रहेका बेला त्यस्तो घटना भएको छ।

गत महिना अमेरिकी नौसेनाले यमनबाट इजरेलतर्फ प्रहार गरिएका कैयौँ क्रूज क्षेप्यास्त्र र ड्रोनलाई निस्तेज पारेको थियो। इजरेल-गाजा युद्धका कारण हुनसक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकाले लडाइँमा प्रयोग हुने पानीजहाजसहित सैन्य बन्दोबस्तीका सरसामान मध्यपूर्ववरपर लगेको छ।

त्यस अन्तर्गत यमन र इजरेलको बीचमा पर्ने रेड सीमा अमेरिकी सैनिकहरू सैन्य पानीजहाजमा तैनाथ गरिएका छन्।यमनका हूथी विद्रोहीहरूलाई इरानले समर्थन गर्दै आएको छ र तिनीहरू लामो समयदेखि यमनमा त्यहाँको औपचारिक सरकारसँग लडाइँ गर्दै आएका छन्। यमन सरकारलाई चाहिँ इरानको प्रतिद्वन्द्वी साउदी अरबले सन् २०१४ देखि समर्थन गर्दै आएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button