विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने
विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।
यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भिआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्रिबितरण गरिने उनले बताए । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको प्रवक्ता शाहले जानकारी दिए ।
खेलको तयारीका लागि मुख्य प्रशिषक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो ।