अर्थखबर फटाफट

मधेसको विकासको लागि सरकार- निजीक्षेत्र सहकार्यमा जोड

मधेशको विकास र समृद्धिमा सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकतामा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले वीरगञ्जमा तिहार, छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा मधेस प्रदेशका प्रमुख सचिव दिनेश घिमिरेको स्वागत कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

प्रमुख सचिव घिमिरेले सरकार र निजीक्षेत्रको सहकार्य नभई समुन्नतिको उद्देश्यमा पुग्न नसकिने स्पष्ट पारे । महासंघ मधेश प्रदेशले उठाउँदै आएको कृषि थोकबजार स्थापनाका लागि प्रदेश सरकार तत्पर रहेको पनि उनले बताए ।

महासंघका अध्यक्ष अशोकुमार टेमानीले महासंघ मधेसको विकासमा सरकारसँग सहकार्य गर्न आतुर रहेको भन्दै यसका लागि महासंघले मधेश भिजन २०९० अघि सारेको जानकारी दिए । उनले मधेश भिजन तयारीका लागि महासंघले जिल्ला जिल्लामा समृद्धि शृंखला अभियान अन्तर्गत त्यहाँको आर्थिक, सामाजिक सम्भाव्यता र समस्या पहिचानको अभियान नै चलाएको बताए ।

कार्यक्रममा महासंघ निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, महासंघ मधेश प्रदेशका सल्लाहकारहरू विजयकुमार सराबगी, अनिलकुमार अग्रवाल, अशोककुमार वैद, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साललगायतले मनतव्य राखेका थिए ।

सो अवसरमा उनीहरूले अहिले अर्थतन्त्रमा देखिएका समस्याको निकासका लागि सरोकारका पक्षबीच सार्थक सहकार्यको खाँचो औंल्याए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button