खेल संसारमुख्य खबर

टी २० विश्वकप एसियाली छनोट : फाइनलमा ओमानसँग नेपाल पराजित

सुपर ओभरमा धकेलिएको आईसीसी टी २० विश्वकप क्रिकेटको एसियाली छनोटको फाइनल खेलमा नेपाल ओमानसँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपाल ओमनसँग सुपर ओभरमा ११ रनले पराजित भएको हो ।

Patanjali Nepal
SweetMart Nepal

सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १० रनमात्र बनाउन सक्यो । सुपर ओभरको पहिलो बलमै नेपालका कुशल भुर्तेल आउट भएका थिए ।

त्यसअघि सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएपछि नेपालले २२ रनको लक्ष्य पाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button