हमासको आक्रमणमा परी मारिएकामध्ये ४ जना नेपालीको शव शनिवार इजरायलबाट पठाइँदैछ । तर, काठमाडौँ भने आइतबार मात्रै आइपुग्ने छ ।
इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाउन लागेको हो ।
त्यसरी पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशीष चौधरीको रहेको छ ।
७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानूनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ ।