देशमुख्य खबर

इजरायलबाट २५४ जना विद्यार्थी सकुशल स्वदेश ल्याइए

हमासको अक्रमणपछि जारी लडाइँबीच इजरायलबाट सरकारले शुक्रबार बिहान २५४ जना नेपाली विद्यार्थीलाई स्वदेश ल्याएको छ । शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे भने अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा पीडा पनि उत्तिकै देखिन्थ्यो ।

यस्तै विमानस्थलमा लिन गर्न आइपुगेका आफन्त भेट्दा कतिपय भक्कानिए भने कतिपयले एकअर्कालाई अँगालो हालेर आत्मीयता प्रकट गरे ।

नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने बताए ।

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button