No Image Headlineदेश

तत्काल इजरायल भ्रमण नगर्न सरकारको आग्रह

सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ ।  प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा युद्धको अवस्था रहेकाले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका हुन् ।

Patanjali Nepal
SweetMart Nepal

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी गराउँदै उनले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेकाले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार  इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।  उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।

मन्त्री साउदले इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । बङ्करभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ । इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ विद्यार्थी छन् । 

बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए । 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button