अन्तराष्ट्रिय
इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार
महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ। मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्।
आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ।
मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन् । यो जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो।
यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन्।