खेल संसार

विश्वकप क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानको सहज जित

विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ । जितका लागि २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अल आउट भयो ।

Patanjali Nepal
SweetMart Nepal

नेदरल्यान्ड्सका लागि बस दी लिदीले सर्वाधिक ६७ रन बनाए। त्यस्तै विक्रमजित सिंहले ५२ र लोगन वान बिकले २८ रनमा अविजित रहे। पाकिस्तानलाई जिताउन हरिसले ३ विकेट लिए भने हसन अलीले दुई विकेट लिए। बाँकी सहिन अफ्रिदी, इफ्तीखार अहमद, मोहम्मद नवाज र सदाव खानले एक/एक विकेट लिए।

त्यसअघि हैदरावादमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद सकिलले समान ६८/६८ रन बनाए। मोहम्म नावाजले ३९ रन बनाउँदै सदाव खानले ३२ रन बनाए।

पाकिस्तानलाई अलआउट बनाउन बस दीले ४ विकेट लिए भने कोलिनले दुई विकेट लिए। विश्वकपअन्तर्गत भोलि दुई खेल हुनेछन् । जसमा पहिलो खेलमा बङ्गलादेश र अफगानिस्तानबीच खेल हुनेछ । त्यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button