No Image Headlineअर्थमुख्य खबरविशेष

डस्टी कार्गोमा सधैंको किचलो, समाधान कसरी ?

भारतीय रेलवेले रक्सौल यार्डमा डस्टी कार्गो अनलोडमा फेरि रोक लगाएको छ । त्यहाँको अदालतमा यस सम्बन्धमा मुद्दा परेको भन्दै रेलवेले रक्सौलमा कोइला, जिप्सम र फ्लाई एस अनलोडमा प्रतिबन्ध लगाएको हो ।

Patanjali Nepal
SweetMart Nepal

रेलवेले यही सेप्टेम्बर ३० मा सूचना प्रकाशित गरी त्यस्ता कार्गो अनलोड नगर्न भनेको हो । अहिले ३० सेप्टेम्बर अघिका कार्गो अनलोड भइरहे पनि त्यसयताका कार्गो अनलोड नहुने रेलवे अधिकारीहरूले बताएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले जानकारी दिए ।

यसअघि पनि रक्सौल यार्डमा डस्टी कार्गो लोड–अनलोडको विषय विवादित बनेको थियो । यस्तो कार्गोका कारण त्यहाँ वातावरणीय प्रदूषणको समस्या भएको भन्दै स्थानीयले अवरोध गर्दै आएका छन् ।

यो विवाद बारम्बार अदालतमा पुग्ने गरेको छ । रक्सौलमा डस्टी कार्गो लोडअनलोडमा बारम्बार अवरोध हुँदै आएको आयातकर्ताको गुनासो छ । मितेरीपुल–वीरगञ्जबाट हुँदै आएको कार्गो ढुवानी केही महीनाअघि एकीकृत जाँच चौकीबाटै गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

त्यहाँसम्म पहुँचमार्गको प्रभावकारी प्रबन्धविनै ढुवानी रुट फेरिएको भन्दै आयातकर्ताले विरोध गरेका थिए । अहिले कार्गो आईसीपीबाटै जाँचपास भइरहेको छ । अहिले फेरि रक्सौलमा अनलोड गर्न नदिने भन्दै नयाँ समस्या खडा गरिएको उपाध्यक्ष राजपालले बताए । रक्सौल यार्डमा कार्गो अनलोडमा लगाइएको रोक फिर्ता लिन संघले आग्रह गरेको छ ।

‘नेपालका लागि यस्तो कार्गो आउने नाका वीरगञ्जमात्रै भएकाले अनलोडमा रोक लगाएर आयात अवरुद्ध बनाइनु भूपरिवेष्टित मुलुकले पाउनुपर्ने पारवहनको अधिकारविपरीत काम हो । हामीले भारतीय पक्षलाई यसो नगर्न आग्रह गरेका छौं,’ राजपालले भने ।

संघले यसमा सहजीकरणका लागि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासलाई पत्राचार गरेको छ । कोइलाको धूलो जलेपछिमात्रै प्रदूषण हुने संघको भनाइ छ । रेलवे यार्डमा अहिले धूलो नियन्त्रणका लागि ट्याक्टरबाट पानी छर्किने काम भइरहेको संघले बताएको छ ।

अझ प्रभावकारी रूपमा धूलो नियन्त्रणका लागि पानीको फोहोरा जडान गर्न पनि आयातकर्ताले आग्रह गरेका छन् । वीरगञ्जको सुक्खा बन्दरगाहमा पनि डस्टी कार्गो अनलोडको पूर्वाधार बनेको छ । तर, यो संरचनामा अनलोडन गर्ने स्थान अव्यवस्थित रहेको आयातकर्ताले बताउने गरेका छन् । आर्थिक अभियान 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button