No Image Headlineअर्थ

सेयर बजार : लगानीकर्तामा किन बढिहेको छ निराशा ?

सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक लगातार दुई दिन गिरावट भए पनि सोमबार सामान्य सुधार भएको थियो । तर आज मंगलबार फेरि बजार घट्यो ।

पछिल्लो केही दिनयता बजार घट्दो ट्रेन्डमा छ । लगानीकर्ताहरू यसको मुख्य कारण नीतिगत अवरोध ठान्छन् । गत सातादेखि चलेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा बढाउन समाचारले केही दिन घट्न रोकिएको बजार फेरि घट्न थालेको हो ।

राष्ट्र बैंकले उक्त सीमामा पुनरावलोकन गर्न ढिला गर्दा लगानीकर्ताको निराश बनेका छन् । लगानीकर्तामा निराशा बढ्दा नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

केही दिनअगाडि अर्थमन्त्री र गभर्नरबीच शेयर धितो कर्जामा लगाइएको १२ करोडको क्यापलाई हटाउने विषयमा छलफल भएको थियो । त्यसपछि लगानीकर्ताहरू सक्रिय हुन थालेका थिए । सोही कारण बजार बढेर नेप्से २ हजार विन्दुमाथि पुगेको थियो ।

तर, हालसम्म पनि गभर्नरले यस विषयमा केही निर्णय गरेका छैनन् । सोही कारण पनि बजार प्रभावित भएको जानकारहरू बताउँछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button