गैर आवासीय नागरिकले शपथ लिनुपर्ने, बाबु आमाले सनाखत नगरे पनि नागरिकता पाइने

गैर आवासीय नेपालीले नागरिकतासँगै सपथ पनि लिनुपर्ने भएको छ । नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० नेपालले यस्तो व्यवस्था गरेको हो ।
गैर नेपाली नागरिकता लिनेले नागरिकताको प्रमाणमात्र लिएर नपुग्ने, एउटा निश्चि ढाचामा शपथ पनि लिनुपर्ने व्यवस्था गरिएको हो । बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।


सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । नियमावलीमा उल्लेख भएअनुसार गैर आवासीय नेपाली नागरिकता लिनेलाई राजनीतिक अधिकार हुँदैन । तर, उनीहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिक भने हुनेछ ।
जन्मदा एउटा लिङ्ग भएर नागरिकता लिइसकेकाले लिङ्ग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रमाणपत्रको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।