अर्थखबर फटाफट

निक्की वीरगञ्जका अध्यक्ष चौधरी र भारतीय व्यापारिक संस्थाका प्रमुख पदाधिकारी भेट

Thrill Factory
Rungta Group

नेपाल भारत उद्योग वाणिज्य संघ, निक्की वीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले भारतको बम्बे ईण्डस्ट्रीज एशोसियसनका अध्यक्ष आषिश गान्धीसंग भेट गरेका छन् ।

उनले ईण्डियन मर्चेन्टस च्याम्बर अफ कमर्श एण्ड ईण्डष्ट्री, नाभि, मुम्बईका सहअध्यक्ष सन्जय गुप्तासँग च्याम्बरकै सचिवालयमा भेटवार्ता गरे । मुम्बई भारतको प्रमूख औद्योगिक, ब्यापारिक केन्द्र तथा भारतीय फिल्म ईण्डष्ट्रीजको केन्द्रबिन्दु हो ।

उनले आश्विन ४ गते शुक्रवारका दिन भारतको सबैभन्दा पुरानो बङ्गाल चेम्बर अफ कमर्श एण्ड ईण्डष्ट्रीका महानिर्देशक शुभोदीप घोष र महासचिव अंगना चौधरीसंग चेम्बरको सचिवालय रोयल एक्सचेञ्ज भवन, नेताजी शुभाष चन्द्र रोड कोलकातामा भेटवार्ता गरे ।

कोलकाता भारतको पूर्ब राजधानी शहर तथा आर्थिक गतिविधिको प्रमुख केन्द्र रहनुको साथै नेपालको तेस्रो मुलुक संगको आयात निर्यातको लागि कोलकाता हल्दिया पोर्टसंग लामो समयदेखि ब्यापारिक सम्बन्ध रहीआएको छ ।

ती सबै छ्लफलका अवसरहरुमा ती उद्योग वाणिज्य संघहरु तथा नेपालभारत उद्योग वाणिज्य संघबीच गर्न सकिने सहकार्यहरु, आपसी सहयोग तथा सूचनाहरुको आदानप्रदान, प्रतिनिधिमण्डलको आवतजावत, एक अर्कोको शहरमा प्रदर्शनीको आयोजना गर्ने लगायतका विषयहरुमा केन्द्रित रहेकोचौधरीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button