No Image Headlineअर्थ

शेयर बजारको बाटो : महत्त्वपूर्ण सूचकहरू सकारात्मक

यो साता शेयर बजारका महत्त्वपूर्ण सूचकहरू सकारात्मक देखिएका छन् । कारोबार रकम र कित्तामा वृद्धि भएको यो साता नेप्से परिसूचक पनि २२ दशमलव ७२ अंकमाथि उक्लिएको छ ।

Patanjali Nepal
SweetMart Nepal

गत साताको अन्तिम कारोबार दिन २ हजार ७ दशमलव शून्य ६ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।

यतिबेला सरकार पनि बजार विकासको पहलमा लागिरहेको छ । शेयर धितोकर्जाको सीमाबाट प्रभावित बनेको बजारलाई उक्त सीमा हटाएर भए पनि सकारात्मक बनाउने पहलमा सरकारसमेत रहेको देखिन्छ ।

शेयर धितोकर्जाको १२ करोड रुपैयाँसम्मको सीमा हटाउन वा राख्नै पर्ने भए २५ करोड रुपैयाँसम्म कायम गराउन अर्थमन्त्री डा प्रकाशशरण महतसमेत लागिपरेका छन् । उनले नेपाल राष्ट्र बैंकसमक्ष शेयर धितोकर्जाको सीमा पुनरावलोकन गर्नका लागि निर्देशन दिइसकेका छन् । यतिबेला राष्ट्र बैंक पनि अर्थमन्त्रीको निर्देशनलाई सकारात्मक रुपमा लिएर अघि बढेको स्रोतको दाबी छ ।

ठूला लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्नसमेत शेयर धितोकर्जाको सीमा हट्नुपर्ने माग लगानीकर्ताहरूको छ । साथै बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा तरलता भएको अवस्थामा ब्याजदर घटाएर पूँजीबजार लगानी गर्न प्रोत्साहन गर्नुपर्ने मागसमेत लगानीकर्ताहरूले गरेका छन् ।

यो साता चार कारोबार दिनमा ७ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको २ करोड ४१ लाख ३४ हजार ६२५ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता पनि चार कारोबार दिन मात्र दोस्रो बजार खुला भएको थियो ।

गत साता चार कारोबार दिनमा ५ अर्ब २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको १ करोड ८१ लाख १७ हजार ८१३ कित्ता धितोपत्र कारोबार भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको ६० लाख १६ हजार ८१२ कित्ता बढी धितोपत्र कारोबार भएको हो ।

यो साता चार कारोबार दिनमा पहिलो कारोबार दिन ४२ दशमलव १४ अंकले घटेको बजार त्यसपछिका तीन कारोबार दिन भने निरन्तर बढेको छ । दोस्रो दिन ४ दशमलव २६ अंक, तेस्रो दिन १६ दशमलव २४ अंक र चौथो दिन ४४ दशमलव ३४ अंक नेप्से परिसूचक बढेको हो ।

सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । यतिबेला बजार लाभांश सिजनका कारण पनि सकारात्मक बनेको बुझाइ ब्रोकरहरूको छ । लामो समय घटेको बजार लाभांशको प्रभावबाट पनि केही माथि जाने विश्वास लगानीकर्तामा देखिएको छ । लगानीकर्ताको यही उत्साह नै बजार बढ्नुको प्रमुख कारण रहेको एक ब्रोकरले बताए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button