खेल संसार

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दै

१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ ।

Patanjali Nepal
Sweet Mart Food

चीनको हान्झाउमा शनिबार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्दैछ । 

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button