खेल संसार

आजदेखि साफ यू–१९ फुटबल, नेपाल र पाकिस्तान खेल्ने

Thrill Factory
Rungta Group

साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ .

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।

असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले सोमबार समूह चरणमा माल्दिभ्ससँग खेल्ने छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button