No Image Headlineदेश

उपचारमा चिकित्सकको लापरवाहीमा कानूनी प्रक्रिया के छ ?

 

Patanjali Nepal
SweetMart Nepal

स्वास्थ्यकर्मीले लापरबाही गरेको लागेमा बिरामीका पक्षले कस्तो प्रक्रिया अपनाउन सक्छन् ।
कुनै पनि उपचारका क्रममा चिकित्सकीय त्रुटि भएदेखि डाक्टरको हकमा मेडिकल काउन्सिल र नर्सको हकमा नर्सिङ काउन्सिलमा उजुरी हाल्न पाउने व्यवस्था रहेको छ।

उक्त उजुरी सही छरछैन, उपचार ठिक छरछैन, काम सही तरिकाले गरेको छरछैन हेरेर कारबाही अगाडि बढाइने काउन्सिलका अध्यक्ष डाक्टर भगवान् कोइराला बताउँछन्।

मेडिकल काउन्सिल ऐनले चिकित्सकलाई कानुनी कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको छ।

त्यसबाहेक कुनै पनि फौजदारी लापरबाही भएर बिरामीको मृत्यु भएको वा अङ्गभङ्ग भए त्यसमा फौजदारी संहिता आकर्षित हुन्छ।

उक्त कानुन अनुसार बिरामीका आफन्तले स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको सचिवालयमा उजुरी दिए कानुनी प्रक्रिया अघि बढ्ने डाक्टर कोइराला बताउँछन्।

त्यो प्रक्रियामा प्रहरी, मेडिकल काउन्सिल र महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि पनि रहने व्यवस्था छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button