No Image Headlineदेश

लिबिया बाढीबाट नेपालले सिक्नुपर्ने पाठ, नदीका बाँधको स्थिति हेर्ने कि ?

समुद्री आँधीका कारण भएको वर्षापछि लिबियाको डेर्नामा दुईवटा बाँध र चारवटा पुल भत्किए। त्यसले डेर्नाका आवासीय क्षेत्रहरू नराम्ररी प्रभावित भए।

Patanjali Nepal
SweetMart Nepal

डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या २०,००० सम्म पुग्ने सक्ने बाएका छन्। यसको प्रभाव एकदमै ठूलो भयो। घरहरू भग्नावशेषमा परिणत भएका छन्। यहाँ वाटर बमका रूपमा नै लिइरहेका छन् यो घटनालाई।

राष्ट्रसङ्घको मौसमसम्बन्धी निकायले चेतावनीहरूलाई पालना गरिएको भए अधिकांश मानिसको ज्यान जोगाउन सकिने उल्लेख गरेको छ।

उक्त विपद् निक्कै गम्भीर रहेको भन्दै ठूलो स्तरमा भएको धनजनको क्षतिबाट नेपालले पनि पाठ सिक्नुपर्ने सरोकारका विज्ञहरुले बताएका छन् ।

यहाँको बाँध २० वर्षसम्म मर्मत नगरेको देखियो। बाढीले बाँध फुट्यो र बस्ती पनि नजिकै भएकाले त्यसले ठूलो क्षति गराएको देखिन्छ, उनीहरुको भनाइ छ ।

नेपालमा पनि भएका बाँधहरू सुरक्षित छन् कि छैनन् तिनीहरूको मूल्याङ्कन गर्न आवश्यक छ। हामीले पनि सजगता र सतर्कता अपनाउनुपर्ने देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button