देशमुख्य खबर

संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

Patanjali Nepal
SweetMart Nepal

निवासमै हृदयघात भएर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा बाटोमै निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता नेम्वाङको निधन भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

को हुन् सुवास ? 

२००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।

संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नुभएको थियो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं। २ बाटै विजयी हुनुभएको थियो । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नुभएको थियो ।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत हुनुभयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत हुनुभएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button