खेल संसार
यूएस ओपन टेनिस महिलातर्फको उपाधि कोको गौफलाई

यूएस ओपन टेनिसको महिलातर्फको उपाधि अमेरिकी खेलाडी कोको गौफले जितेकी छिन् ।



अमेरिकाको न्युयोर्कमा भएको फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले पहिलो पटक ग्राण्डस्लाम जितेकी हुन् । गौफले खेल २–६, ६–३ र ६–२ ले जितिन् ।



सन् २०२२ को फ्रेन्च ओपनको फाइनलमा पराजित भएकी अमेरिकी युवा खेलाडी गौफले यूएस ओपन टेनिसमा सफलता हासिल गरेकी छिन् ।



यसैबीच, पुरुषतर्फ उपाधिको लागि नोभाक जोकोभिच र डेनियल मेदबेदेब भिड्दैछन् । सेमिफाइनलमा विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कारेजलाई ३–१ को सेटमा हराउँदै मेदबेदेभ तथा अमेरिकी खेलाडी बेन शेल्टनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।