अन्तराष्ट्रिय

भारतले सूर्यको अध्ययन गर्न पठायो यान

भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ।

Patanjali Nepal
SweetMart Nepal

आदित्य-L1 बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो।

चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिवार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको छ।

भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यान रकेटबाट छुट्छिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ।

सूर्य मिसन भए तापनि यस अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन।

आदित्य-L1 पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो।

तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो।

पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button