No Image Headlineअर्थमुख्य खबर

सुध्रिएन वैदेशिक व्यापार : नियन्त्रण हटाए पनि किन घटिरहेको छ कारोबार ?

आयातनिर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०८०/८१ को शुरुआतमै व्यापार र राजस्व दुवै घटेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले यस्तो देखाएको हो ।

Patanjali Nepal
SweetMart Nepal

चालू आवको पहिलो महीना साउनमा यो नाकाबाट कुल वैदेशिक व्यापारमा २० प्रतिशतले कमी आएको छ । अघिल्लो आव २०७९/८० को पहिलो महीनाको तुलनामा व्यापार खस्किएको हो ।

बितेको महीना वीरगञ्ज नाकाबाट कुल ५० अर्ब ७७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यो आकार ६३ अर्ब ७१ करोड रुपैयाँ रहेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

गत साउनमा आयातको तुलनामा निर्यात स्वात्तै घटेको देखिन्छ । आयात १८ प्रतिशतले घट्दा निर्यात ४४ प्रतिशतभन्दा धेरैले खस्किएको भन्सारको तथ्यांकले देखाएको छ ।

बितेको १ महीनामा ४८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको देखिन्छ । निर्यात २ अर्ब रुपैयाँ बराबरको मात्र छ । अघिल्लो वर्ष साउनमा ५९ अर्ब रुपैयाँको आयात हुँदा ४ अर्ब रुपैयाँको निकासी

भएको थियो । नेपालबाट विगतमा प्रशोधित तेल निर्यात मुख्य रहेकोमा भारतले आयात नीति परिवर्तन गरेर सीमा शुल्क शून्यमा झारेपछि नेपालबाट निकासी करीबकरीब ठप्प छ । आयातमा यो नाकाबाट सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ मुख्य रहेकोमा त्यस्ता वस्तुको आयात पनि घटेको भन्सारको तथ्यांकले देखाउँछ ।

आयात निर्यात घटेपछि भन्सारले उठाउने राजस्व पनि घटेको सूचना अधिकारी ढकालले बताए । बितेको साउनमा भन्सारले लक्ष्यको ७५ दशमलव ९६ प्रतिशतमात्र राजस्व उठाएको छ । साउनमा ११ अर्ब ८६ करोड राजस्व उठेको छ ।

यो रकम अघिल्लो आवको साउनको तुलनामा लक्ष्य र रकम दुवैले कम हो । त्यसबेला १२ अर्ब ९८ करोड राजस्व संकलन भएको थियो । त्यो रकम लक्ष्यको तुलनामा ८५ प्रतिशत थियो । कोरोना महामारीयता घट्दो आय र मागका कारण व्यापारमा नकारात्मक प्रभाव परेको छ । विदेशी मुद्रा सञ्चिति सुधार्न सरकारले लिएको व्यापार नियन्त्रण नीतिले पनि प्रभावित भएको हो ।

सरकारले सबै खालका प्रतिबन्ध हटाउँदा पनि व्यापारमा सुधारको संकेत देखिएको छैन । आमउपभोक्ताको आम्दानी घट्नु र बढ्दो ब्याजदरका कारण बजारमा सुधार आउन सकेको छैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button