सन नेपालको आइपीओ प्रि अलोटमेन्ट आज, बाँडफाँट कहिले ?
सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ आगामी बुधबार बाँडफाँड हुने भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आगामी आज (आइतबार) प्रि अलोटमेन्ट सम्पन्न गरी बुधबार शेयर बाँडफाँड गर्ने तयारी भइरहेको छ ।
कम्पनीको आईपीओमा १५ लाख ७७ हजार ७ सय ४४ आवेदकले १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताको लागि आवेदन दिएका छन्।
जुन माग भन्दा २.३२ गुणा बढी हो। त्यसकारण, सन नेपाल लाइफको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ।
जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।