No Image Headlineदेश
प्रति एक लाख १४ जनाको मृत्युको कारण सडक दुर्घटना
नेपालमा प्रति एक लाख जनसंख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यस्तो देखाएको हो ।
बितेको वर्ष मात्र नेपालमा झन्डै ३,००० जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको विवरण सरकारसित छ।
नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा चालकको लापरबाही देखिने गरेको छ । पुराना र खराब अवस्थामा सवारीका साधन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति पनि यसमा जिम्मेवार रहेको विज्ञहरुले बताएका छन् ।
नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक समेत दुर्घटनाका लागि जिम्मेवार देखिने गरेको विज्ञहरू बताउँछन्।
कहिलेकाहिँ यात्रुको असावधानी र अन्य मानवीय त्रुटिका कारण पनि दुर्घटना हुने गरेको अधिकारीहरुले बताउँदै आएका छन् ।