गायिका पुजन काफ्लेको ‘ए आमा गाउँदै नाच्ने हो’
नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ । तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।
हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन् ।
‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् । गीतमार्फत तीजलाई हर्षोल्लासका साथ मनाउनु पर्छ भन्ने भाव व्यक्त गरिएको गायिका काफ्लेले बताइन् । उनले भनिन, ‘गीतको शब्दमा तीजमा चेलीले महसुस गर्ने भावलाई समेटेकी छु । गीतमार्फत सपरिवार र उनीहरूको पर्वमा महत्वलाई दर्शाइएको छ ।’
उनले गीतमार्फत चेलीको बेदनासँगै परिवारमार्फत् चाहने साथ र सहयोगलाई देखाइएको बताइन् । गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामाङ, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् ।
शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टि थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।
गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरिएको छ । यसअगाडि गायिका काफ्लेले ‘मेरो सासको’ बोलको आधुनिक गीत सार्वजनिक गरिसकेकी छिन् ।