No Image Headlineअर्थमुख्य खबर

‘युवामैत्री नीतिको अभावमा इनोभेसन अवधारणामा सीमित’

अनतर्राष्ट्रिय युवा दिवसको अवसर पारेर वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले ‘परिवर्तन र नवप्रवर्तनमा युवा सहभागिता’ विषयक प्यानल डिस्कसन कार्यक्रम आयोजना गरे ।

Patanjali Nepal
SweetMart Nepal

वीरगञ्जमा भएको सो कार्यक्रमका सहभागीहरुले लगायतले समाजमा अपेक्षित परिवर्तनमा लागि युवाहरुको सार्थक सहभागिता हुुनुपर्ने बताए । नीति निर्माणको तहमा युवाहरुको सहभागिता न्यून हुँदा युवामैत्री नीति आउन नसकेको पनि उनीहरुको निष्कर्ष थियो । सरकारी नीति नियम र प्रक्रिया पारदर्शी नहुँदा उद्यमका इनोभेसन देख्न नपाइएको गुनासो युवा उद्यमीहरुले गरे ।

युवा उद्यममैत्री नीति र कानून निर्माणमा जोग दिइएको थियो । सो छलफलमा प्रतिनिधिसभा सदस्य विना जयसवाल, एनवाईईएफ केन्द्रीय अध्यक्ष सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य संघ स्टार्टअप तथा इनोभेसन समितिका संयोजक अनुप अग्रवाल, एनवाईईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवाल, सामाजिक अभियन्ता नुतन सरावगी र विश्लेषक विनोद गुप्ता प्यानस्टिको रुपमा थिए भने कार्यक्रमको सहजीकरण पत्रकार ओमप्रकाश खनालले गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले आर्थिक र सामाजिक विकासका लागि युवामैत्री नीतिको खाँचो भएको बताए । उनले आफ्नो उर्जाको स्रोत नै युवा भएको भन्दै युवालाई अघि बढाउन आफू सधैं तत्पर रहेको स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले सरकारले उद्यमका लागेका युवाहरुलाई प्रोत्साहन गर्न त्यसअनुसारका नीति अवलम्वन गर्न नसकेको आरोप लगाए । सरकारले स्टार्टअपको कुरा गरे पनि त्यसअनुसारको प्रक्रिया र विधि नबनाउँदा उपलब्धि नदेखिएको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनोजकुमार दासले युवाहरुमा सधैं नयाँ सोच र शैलीको आवश्यकता हुने बताए । उनले अब कुनै पनि व्यापार व्यावसायमा नवप्रवर्तन अनिवार्य भइसकेको उलल्लेख गरे । कार्यक्रमको मुख्य वक्ता मानसी अग्रवालले व्यक्तिले आफ्नो ब्राण्ड आपैंmले निर्माण गर्नुपर्ने बताइन् । प्रविधिको युगमा यसको पदचापलाई बझेर अगाडि बढ्न सकेमात्र सफलता हात पर्ने उनको भनाइ थियो ।

उद्यमीलाई अवार्ड

सो अवसरमा वीरगञ्जका उद्यमीहरूलाई अवार्ड प्रदान गरिएको थियो । २२ विधामा दिइएको अवार्डअन्तर्गत स्टार्टअप र इनोभेसनमा इन्द्रेणी ग्रुप र इजी इट्सले अवार्ड पाए । हँसुवा नास्ता पसल, पराठा हाउस, बाँसबारी जुत्ता, बब्लु टी स्टल, कमल शर्मा फलुदावाला र झमक ब्याण्ड लाईफटाइम एचिभर बनेका छन् ।

त्यस्तै डेयर टु डुमा चाचान ग्रुपको थ्रिल फ्याक्ट्री, माल्ट, वान इलेभेन, एक्सप्रेस कार वास, वल्र्ड अफ वन्डर, त्रिशला र मेजिक बेल परेका छन् । उदीयमान व्यवसायमा स्पोर्टस हाउस नेपाल र आयोले अवार्ड पाए ।

त्यसैगरी सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लव अफ नेपाल वीरगञ्ज, रक्तदाता योगेश खनाल भएको आयोजकले बताएको छ । कार्यक्रमको सहजीकरण वीरगञ्ज उद्योग वाणिज्य संघका अधिकृत मनोज उपाध्यायले गरेका थिए । कार्यक्रमअन्तर्गत आइसब्रेकिङ सेसनको सहजीकरण ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापक पल्लवी हरललकाले गरेकी थिइन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button