अर्थमुख्य खबर

एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, परिसूचक २१ सय विन्दुमुनि झर्‍यो

लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ ।

Patanjali Nepal
SweetMart Nepal

यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ ।

मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।

विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ ।

पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।

मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।

ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button