No Image Headlineखबर फटाफट

काकाकुल वीरगञ्ज : महानगरले वास्ता नगरेपछि अरु पालिकाको सहयोगमा युवाले बाँडे खानेपानी (भिडियो)

जनताको मतबाट महानगरमा चुनिएर गएका जनप्रतिनिधिले वास्ता नगरेपछि स्थानीय युवाले अन्य छिमेकी पालिकाहरुलाई हारगुहार गरी पानीको जाहो गरेका छन् ।

वीरगञ्ज महागरपालिका र आसपासका क्षेत्रमा अहिले खानेपानीको हाहाकार भएको छ । यहाँका बासिन्दाको खानेपानीको मुख्य स्रोत चापाकल सुक्दै गएपछि नगरका बासिन्दाले खानेपानीको संकट झेलिरहेका छन् ।

Patanjali Nepal
SweetMart Nepal

तर, खानेपानीको पीडा समाधानमा वीरगञ्ज महानगरले खासै ध्यान दिएको छैन । जनताको मतबाट महानगरमा चुनिएर गएका जनप्रतिनिधिले वास्ता नगरेपछि स्थानीय युवाले अन्य छिमेकी पालिकाहरुलाई हारगुहार गरी पानीको जाहो गरेका छन् ।

वीरगञ्ज १० का युवा अजयकुमार गुप्ताले छिमेकी पालिकाहरु छिपहरमाई र सखुवाप्रसौनीसँग समन्वय गरी स्थानीयबासिन्दालाई खानेपानी बाँडिरहेका छन् । वडा नम्बर १० का घरिअर्वा, रानीघाट, अशोकबाटिकालगायतका स्थानमा ट्यांकीमार्फत खानेपानी बितरण गरिएको गुप्ताले बताए ।

‘खानेपानीको संकट भयो । हाम्रो पालिकाबाट सहयोग भएन । अरु पालिकाको सहयोग लिएर भए पनि पानीको जोहो गरिरहेका छौं,’ गुप्ताले भने । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता र सखुवाप्रसौनी गाउँपालिकाका यसवन्त यादवको सहयोगमा सो वडामा पानी बितरण भएको हो । सो कार्यको संयोजन अजयकुमार गुप्ताले गरेका छन् ।

घरघरमै पु¥याएर खानेपानी बितरण गर्न युवाहरु बिहान ३ बजेदेखि राति ११ बजेसम्म खटिएका छन् । सानो गल्लीमा लैजान सानो र फराकिलो सडकका लागि ठूलो गरी २ ओटा ट्यांकरबाट पानी बितरण भइरहेको छ ।

पानी बितरणको आज (बुधबार) तेस्रो दिन भएको गुप्ताले बताए । दैनिक ५ देखि ६ ट्यांकर पानी बितरण भइरहेको छ । वीरगञ्ज महानगरका सबै क्षेत्रमा चापाकल सुकेका छन् ।

सुक्नबाट जोगिएका एकाध कलमा स्थानीयको भिड लाग्ने गरेको छ । पानीको स्रोत जोगिएका केही स्थानीयले स्वतःस्फूर्त रुपमा खानेपानी बाँडिरहेका छन् ।

वीरगञ्ज महानगरले भूमिगत पानीको स्रोत सुकेको भन्दै डिप बोरिङ गाड्न प्रतिबन्ध लगाएको छ । नगरका बासिन्दालाई खानेपानीको व्यवस्था मिलाउन नसकेको महानगरले लगाएको यो प्रतिबन्धको स्थानीयले आलोचना गरेका छन् । केही समयअघि ४००० खानेपानीका धारा निःशुल्क जडान गरिदिने भन्दै महानगरले सूचना निकालेको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button