अन्तराष्ट्रिय

भारतको नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध

भारतको पूर्वोत्तर राज्य नागाल्याण्डमा एक पटकमात्र प्रयोग हुने प्लास्टिकमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

Patanjali Nepal
SweetMart Nepal

राज्य सरकारले विज्ञप्ति जारी गर्दै एकल प्रयोग हुने प्लास्टिकको उत्पादन, आयात, सञ्चिती, वितरण र बिक्रीमाथि प्रतिबन्ध लगाएको हो ।

प्रदूषणलाई कम गर्नका निम्ति प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको नागाल्याण्ड सरकारले जनाएको छ ।

नयाँ प्रावधानअनुसार एक पटकमात्र प्रयोग हुने पोलिस्टेरिनसहितका प्लास्टिक र प्लास्टिकजन्य वस्तुमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

यसअनुसार प्लास्टिकबाट उत्पादित कान खोस्रिने इयरबड, प्लास्टिकको बेलुन, क्याण्डी, प्लाटिक प्रयोग गरी बनाइएका झण्डा, सजावटका सामग्री, कप, गिलास, प्लेटजस्ता वस्तुहरु प्रतिबन्धमा परेका छन् ।

यस्तो प्रतिबन्धको पालना नगरेको खण्डमा कानुनअनुसार कारवाही हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button