खबर फटाफटदेश

एक क्विन्टल सुन तस्करी प्रकरण : थप ६ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको विशेष टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

यससँगै यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खरिदार एवम् जाँचकी कुमार ढकाल तथा भन्सार एजेन्टहरु यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा रहेका छन् ।

तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button