अर्थ
यस्ता छन् मौद्रिक नीतिका मुख्य विशेषता
- आवासीय घर कर्जाको सीमालाई डेढ करोड रुपैयाँबाट वृद्धि गरी दुई करोड रुपैयाँ बनाइएको छ।
- कर्जा प्रवाहसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गर्ने र बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण सम्बन्धी मार्गनिर्देशन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको छ।
- बचत तथा ऋण सहकारी संस्थाका लागि अलग्गै नियमनकारी निकाय गठन गरिने व्यवस्था मौद्रिक नीतिमा छ।
- विद्युतीय माध्यमबाट राजश्व भुक्तानीमा जोड दिइने भएको छ।
- भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपालीहरूलाई राहदानी देखाएर २,५०० डलरसम्म सटहीको सुविधा दिइने भएको छ।
- विदेशी मुद्रामा लिइएको ऋण नेपाली मुद्रामा भुक्तानी गर्न सकिने अहिलेको व्यवस्था हटाइएको छ।
- नीतिगत दरलाई ५० आधार बिन्दुले घटाएर ६.५ प्रतिशत कायम गरिएको छ।
- बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखेर निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।
- मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरीमौद्रिक व्यवस्थापन गरिने मौद्रिक नीतिमा उल्लेख छ।