खेल संसार

फिफा महिला विश्वकप-२०२३ को विजेताले कति पाउँछन् पुरस्कार ?

नवौं संस्करणको फिफा महिला विश्वकप भोलि (जुलाई २०) देखि शुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा एक महिनासम्म सञ्चालन हुने उक्त प्रतियोगिता अगस्ट २० सम्म चल्नेछ ।

Patanjali Nepal
SweetMart Nepal

प्रतियोगिता यी दुई देशका ९ सहरका १० रंगशालामा सञ्चालन हुनेछ ।  प्रतियोगिता अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा र न्यूजिल्याण्डको अकल्याण्ड, वेलिंगटन, डुनेडिन र ह्यामिल्टनमा हुनेछ ।

महिला विश्वकप फुटबल विजेताले ११० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी) पाउनेछन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२३ महिला विश्वकपको पुरस्कार रकम ११० मिलियन डलर हुने घोषणा गरेका थिए ।

त्यसअघि २०१९ जुनमा पुरस्कार राशि ३० मिलियन डलर हुने बताइएको थियो । घोषित नयाँ पुरस्कार राशि पनि पुरुष विश्वकप फुटबल–२०२२ को विजेताले पाएको पुरस्कार राशिभन्दा निकै कम हो ।

पुरुष विश्वकप फुटबल–२०२२ को विजेता अर्जेन्टिनाले ४४० मिलियन डलर पुरस्कार पाएको थियो । एजेन्सी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button